नेपालमा विद्युतीय गाडीको मूल्य १६ लाखदेखि २ करोडमाथि
पाेखरा | असोज ८, २०७९
पोखराः नेपाल अटोमोबाईल डिलर एशोसिएसन (नाडा)ले पहिलो पटक इभी एक्स्पो २०२२ सुरु गरेको छ । आइतबारसम्म चल्ने एक्सोपोको उद्देश्य नेपालबाट इन्धनमा बाहिरिने पैसालाई रोक्नुपनि हो ।
पेट्रोल र डिजलमा वर्षेनी बाहिरिने अर्बाै रुपैयाँलाई जोगाउनु र वातावरणमैत्री बनाउन पनि एक्सपो आयोजना गरेको नाडाले जनाएको छ ।
एक्सपोमा हाल १६ लाखदेखि २ करोड रुपैयाँ बढी पर्ने गाडीहरु राखिएको छ । उक्त गाडीबारे जानकारी लिने र खरिदमा रुचि राख्नेहरुको भीड आज सबैभन्दा बढी रहेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिएका छन् ।
‘एक्सपोमा आकर्षण बढेको पाइयो, भिजिटरहरुको चासो र सकारात्मक टिप्पणी पाइएको छ’ अध्यक्ष थापा भन्छन् ‘अबको भविष्य नै विद्युतीय सवारीको हो ।’ उनले विश्वबजारमै इभिको माग बढिरहेको सन्दर्भमा नेपाली उपभोक्ताको पनि चासो बढ्नु सकारात्मक भएको टिप्पणी गरे ।
पोखरामा पनि इभि एक्सपो सम्भव छ ? भन्ने प्रश्नमा थापाले भने ‘कामठमाण्डौंमा जस्तो वृहतस्तरमा उपभोक्ता भेट्न पोखरामा सम्भव छैन, तैपनि उद्योग वाणिज्य संघमार्फत आयोजना हुने मेला÷महोत्सवमा प्रदर्शन गर्नेछौं ।’
एक्सपोमा हालसम्म कति गाडी बुकिङ् वा बिक्री भयो भन्ने जानकारी आइतबारमात्रै दिइने आयोजकले जनाएको छ ।
एक्सपोमा सहभागी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले विद्युतीय गाडीबाट आफु प्रभावित भएको बताएका छन् । ‘एक्सपो शानदारमात्र हैन, प्रभावकारी पनि देखियो’ अध्यक्ष प्रजापतिले भने ‘अब देशमा उत्पादित विद्युत खपत गर्न पनि इभि चढ्नुपर्छ ।’
उद्योग वाणिज्य संघले पनि अटो मेलाको आयोजना गर्ने बताउँदै उनले त्यहाँ विद्युतीय गाडीकोसमेत स्टल राखिने जनाएका छन् । प्रजापति भन्छन् ‘अब बिस्तारै विद्युतीय साधनको प्रयोग बढाउँदै देशबाट पैसा बाहिरिने क्रम रोक्नुपर्छ ।
नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन प्रदर्शनमा राखिएको छ ।
हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्ला गरी ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधन राखिएको छ ।
साथै, थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युवसहित ४ वटा वित्तीय संस्थाले समेत स्टल राखेकाे छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

